अफगानिस्तानमा अन्धाधुन्ध गोली प्रहार गरी ५ जनाको हत्या


पाक्तीया – अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको ज्यान गएको छ ।

पाक्तीया प्रहरी मुख्यालयका प्रमुख लुटफुल्लाह कमरानले उक्त गोलीकाण्डबाट मारिनेहरुमा एक जना प्रहरी अधिकृत सहित अरु चार जना सर्वसाधारण रहेको जानकारी दिए ।

कमरानका अनुसार उक्त गोलीकाण्ड बुधबार अपराह्न भएको थियो । कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएका छैनन् ।-एएनआई

प्रतिक्रिया दिनुहोस
Advertisement