अफगानिस्तानको लोककल्याण मन्त्रालयमा आक्रमण, ३१ को मृत्यु

अफगानिस्तानको लोककल्याण मन्त्रालयमा आक्रमण, ३१ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा रहेको लोककल्याण मन्त्रालयमा भएको आत्मघाती आक्रमणमा परी ३१ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा केही प्रहरी र मन्त्रलायमा काम गर्ने कर्मचारी रहेको अलजजिराले उल्लेख गरेको छ।

मन्त्रालय कब्जा लिने क्रममा सुरक्षा फौजको आक्रमणमा परेर तीन आक्रमणकारीको पनि ज्यान गएको छ। मन्त्रालयको भवन कब्जा लिने प्रयासमा २० जना घाइते भएका छन्। मन्त्रालयमा रहेका कर्मचारी भाग्ने क्रममा घाते भएका छन्। घटनाको जिम्मेवारी कसैले लिएको छैन।

मन्त्रालयको गेटमा कार बम विस्फोट गराई भवन भित्र प्रवेश गरेका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।