अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बस्दै

अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानका विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै छ। टोलो न्युजले उल्लेख गरेअनुसार यही डिसेम्बरमा अफगानिस्तानका विषयमा परिषद्ले त्रैमासिक खुला बैठक बोलाएको छ।

संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा जनाइएअनुसार संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय सहयोग नियोग युनामा की प्रमुख रोजा ओतुनबायेभा, राजदूत जोसे डे ला गास्का इक्वेडर लगायतले सो विषयमा ब्रिफिङ गर्ने बताइएको छ।

त्यसैगरी समितिका अध्यक्ष र नागरिक समाजका प्रतिनिधिले पनि संक्षिप्त जानकारी गराउने अपेक्षा गरिएको छ।

अफगानिस्तानको राष्ट्रिय ऐक्यबद्धता आन्दोलनका प्रमुख सैयद इशाक गैलानीले ‘उनीहरूले भविष्यमा अफगानिस्तानलाई फाइदा पुर्यातउन आधारभूत कदम चाल्नुपर्ने धारणा सार्वजनिक गर्दै तालिबानलाई सधैभरि खाद्यान्नमा परनिर्भर बनाउँने गरी कार्यक्रम ल्याउँन नहुने’ बताएका छन्।

राजनीतिक विश्लेषक सैयद मुकदम अमीनले भनेका छन् ‘अफगानिस्तानमा मौलिक स्थायित्व, मान्यता र स्थिति निर्दिष्ट गर्ने विशेष संयन्त्र ल्याएमा बैठक लाभदायक हुन सक्छ।’

यता, तालिबानले आफ्ना प्रतिनिधिहरूको उपस्थितिविनाको बैठक अर्थहीन हुने बताएपछि यस्तो चर्चा बाहिर आएको हो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अन्तरराष्ट्रिय समुदायले यसमा राजनीतिक दबाब दिने प्रयास गरिरहेको पनि बताएका छन्।

उनले भनेका छन् ‘दुर्भाग्यवश, विश्वले सबै मानवीय, जलवायु परिवर्तन र आर्थिक मुद्दाहरूलाई राजनीतिकरण गरेको छ र उनीहरू सबै मुद्दाहरूलाई राजनीतिक औजारको रूपमा प्रयोग गर्न चाहन्छन्, जुन सही होइन।’

टोलो न्युजको विवरणअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानलाई अन्तरराष्ट्रिय समुदायमा पुनस् एकीकरण र अन्तरघुलनका लागि नयाँ लागि मार्गचित्रको विकास गर्नुपर्ने धारणा सार्वजिनक गरेका छन्। टोलो समाचार काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल हो।