काठमाण्डु – गिनी–बिसाउ २०२० यताकै अफ्रिकी देशहरूमा तीव्र रूपमा बढ्दै गरेको सूचीमा थपिएको छ, जहाँ सेनाले सत्ता कब्जा गरेको छ ।
गत बुधबार राष्ट्रपति कार्यालय नजिकै गोली चलेको केही घण्टापछि सैनिक अधिकारीहरूको एक समूह राज्य नियन्त्रित सञ्चारमाध्यममा देखा पर्यो र आफूहरूले सत्ता हातमा लिएको घोषणा गर्यो ।
पदच्युत राष्ट्रपति उमारा सिसोको एम्बालो विपक्षीसँग कडा राजनीतिक संघर्षमा छन् । राष्ट्रपति चुनावमा दुवै पक्षले जितको दाबी गरेका छन् । सत्ता पल्टिएको घोषणा भएपछि एम्बालोलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
अटलान्टिक तटमा २२ लाख जनसंख्या भएको यो सानो पश्चिम अफ्रिकी देश पछिल्ला वर्षहरूमा महादेशभर देखिएको पैठारी ढाँचालाई पछ्याउँदै आएको छ, जहाँ विवादित चुनाव, संवैधानिक अस्थिरता, युवाहरूको असन्तोष र सैनिक हस्तक्षेप भइरहेको छ ।
गिनी–बिसाउ मात्र होइन, अरु अफ्रिकी देशहरू पनि छन् जहाँ सन् २०२० पछि सैन्य सत्ताकब्जा भएको छ ।
माली– अगस्त २०२० देखि मालीले लगातार दुईवटा सैनिक कू व्यहरोकेको छ । बामाको नजिकै सैनिकहरूले बिद्रोह गर्दै उच्च सैन्य अधिकारीहरूलाई पक्राउ गरे, जहाँ नागरिकहरूले तत्कालीन राष्ट्रपति इब्राहिम केइता विरुद्ध भ्रष्टाचार र विद्रोही समूहहरू नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै महिनौँदेखि प्रदर्शन गरिरहेका थिए ।
सैनिक नेता कर्नल असीमी गोइता बह न्डाव नामक नागरिक राष्ट्रपतिसँग सत्तामा सहमत भए । गोइताले उपराष्ट्रपति बने । २०२१ मा मतभेद बढेपछि गोइताले न्डावलाई हटाएर आफूलाई राष्ट्रपति घोषणा गरे र २०२२ मा हुने चुनावलाई २०७७ सम्म पछाडि सारे ।
माली, बुर्किना फासो र नाइजरसँग मिलेर एउटा छुट्टै सैन्य गठबन्धनमा बसेको छ, जसले पश्चिम अफ्रिकी क्षेत्रीय संगठनबाट टुटेर लोकतान्त्रिक शासनमा फर्किने दबाबलाई अस्वीकार गरेको छ ।
चाड–पिताको मृत्युपछि जनरल महामत इद्रीस डेबीले तीव्र रूपमा सत्ता समाते, जसले यो मध्य–अफ्रिकी राष्ट्रमा उनका परिवारको ३० वर्ष पुरानो शासन निरन्तरता पायो ।
तीन वर्षपछि उनले चुनाव गराए र विजेता घोषणा भए । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगायो । त्यसयता डेबीले आलोचकहरूलाई दमन गरिरहेका छन् । पूर्व प्रधानमन्त्री र विपक्षी नेता सुक्से मस्रालाई यसै वर्ष २० वर्ष जेल सजाय सुनाइयो ।
गिनी–११ वर्ष सत्तामा रहेका अल्फा कोंडे सैनिक समूहद्वारा हटाइए, जसको नेतृत्व मामाडी डुम्बूयाले गरे । २०२० मा कोंडाले आफूलाई तेस्रो कार्यकालमा जाने बाटो खुलाउने गरी संविधान संशोधन गरेका थिए ।
डुम्बूया आगामी डिसेम्बरको चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यस वर्षको जनमत संग्रहले सैनिक सरकारका सदस्यहरूलाई चुनाव लड्न अनुमति दिएको छ र राष्ट्रपति कार्यकाल पाँच वर्षबाट बढाएर सात वर्ष बनाएको छ ।
सुडान–जेनरल अब्देल–फतह बुरहानले अक्टोबर २०२१ मा सत्ता कब्जा गर्दै २६ वर्ष शासन गरेका ओमर अल–बशिरलाई हटाए ।पछि बुरहानले र्यापिड सपोर्ट फोर्सेसका नेता मुहम्मद दन्गालो (हेडमेटी) सँग संयुक्त शासन चलाए । तर २०२३ अप्रिलमा उनीहरूबीचको द्वन्द्वले विश्वकै सबैभन्दा विनाशकारी संघर्षमध्ये एक निम्त्यायो ।
बुर्किना फासो–मालीकै जस्तै बुर्किना फासोले पनि दुई पटक सैनिक कू देख्यो । जनवरीमा लेफ्टिनेन्ट कर्नल पुल–हेन्री दामिबाले राष्ट्रपति रोच काबोरेलाई हटाए । तर सेप्टेम्बरमा क्याप्टेन इब्राहिम ट्राओरेले सुरक्षा स्थिति बिग्रिएको भन्दै दामिबालाई नै हटाए । ट्राओरे अहिले पनि सत्तामा छन् । जुलाईमा उनले स्वतन्त्र निर्वाचन आयोग नै विघटन गरिदिए ।
नाइजर–जेनरल अब्दुरहमान त्चियानीले राष्ट्रपति मोहम्मद बाजुमलाई हटाउँदै नाइजरको दुर्लभ लोकतान्त्रिक संक्रमणलाई तोडे । अफ्रिकी संगठनले हस्तक्षेपको धम्की दिएपछि त्यो क्षेत्र नै चर्किएको थियो । नाइजर, माली र बुर्किना फासो मिलेर अलायन्स अफ साहेल स्टेट्स नामक नयाँ सैन्य गठबन्धन बनाएका छन् ।
गाबोन–१४ वर्ष सत्तामा रहेका अली बोन्गोलाई तेस्रो कार्यकालको विजेता घोषणा गरिएलगत्तै सैनिकहरूले सत्ता लिएका घोषणा गरे । उनीहरूले चुनाव रद्द गरे र सबै सरकारी संस्थाहरू विघटन गरे ।
बोन्गोका छिमेकी ब्राइस ओलिगुई न्गुएमा सत्ता समाते । २०२५ अप्रिलमा उनी राष्ट्रपतिको चुनावमा विजेता घोषणा भए ।
माडागास्कर–दीर्घकालीन पानी अभाव र बिजुली कटौतीका कारण आक्रोशित युवाहरू पूर्व राष्ट्रपति आन्द्रि राजोएलिनाको राजीनामा माग्दै सडकमा उत्रिए । तर राजोएलिनाले सरकार भंग गरे तर राजीनामा दिन अस्वीकार गरे, जसपछि सैनिकले सत्ता कब्जा गर्यो ।
गिनी–बिसाउ–यो देश पहिले नै कू इतिहासका लागि कुख्यात छ । दोस्रो कार्यकाल खोजिरहेका राष्ट्रपति एम्बालोलाई सेनाले हटाएर सत्तामा कब्जा गर्यो ।




प्रतिक्रिया