सामूहिक हत्याका आरोपी आलम रौतहटबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

सामूहिक हत्याका आरोपी आलम रौतहटबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले मोहम्मद अफ्ताब आलमलाई आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट.२ बाट संघीय संसद्को उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले बिहीबार उनको नाम सिफारिस गरेको हो । उनीसँगै अन्जु झाको पनि नाम सिफारिस गरिएको छ । वस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।