उपचारका क्रममा अफताब आलमको मृत्यु

उपचारका क्रममा अफताब आलमको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ।

काठमाण्डु मेडिकल कलेज (केएमसी)मा उपचार गराइरहेका आलमको शनिबार राति २ बजेर ५८ मिनेटमा मृत्यु भएको हो ।

उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी पवनकुमार भट्टराईले पुष्टि गरेका छन् ।
६३ वर्षीय आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको छ ।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो।

आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।