आलमको बयान सकियो, थुनछेक बहस सुरु

आलमको बयान सकियो, थुनछेक बहस सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद अफताव आलमको बयान सकिएको छ । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता आलमको मंगलबारदेखि सुरु भएको बयान बिहीबार सकिएको हो ।

न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई तेस्रोदिन ५१ वटा प्रश्नहरु सोधिएको थियो । बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धि प्रश्न गरिएके थियो । अधिकांश प्रश्नको उनले इन्कारी बयान दिएका छन ।

आलममाथि आजै थुनछेक बहस सुरु हुने जिल्ला अदालत रौतहटले जनाएको छ ।