आलम जेलबाट नछुट्ने, जिल्लाको आदेश उच्च अदालतले सदर गर्यो

आलम जेलबाट नछुट्ने, जिल्लाको आदेश उच्च अदालतले सदर गर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री मोहमद आफताव आलमलाई जनकपुर उच्च अदालतको वीरगञ्ज इलजासले पूर्पक्षमा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको छ ।

जनकपुर उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन थारुको संयुक्त इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

आलमले थुनामा राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले दिएको आदेशविरूद्ध उच्च अदालत जनकपुरमा निवेदन दिएका थिए ।

२७ चैत ०६४ को संविधानसभा चुनावको समयमा उनको घरमा बम बनाउँदै गर्दा विस्फोट भई घाइते भएकाहरूलाई नजिकैको ईटा भट्टामा जलाएर मारेको अरोप लागेको थियो ।

रौटहट जिल्ला अदालतले २९ कार्त्ितक २०७६ मा आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशपछि आलमलाई नख्खु कारागारमा राखिएको छ ।