अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा

अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाई हेर्न नमिल्नेमा परेका छन् ।

इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद आलमको मुद्दाको सुनुवाई हेर्न नमिल्नेमा परेको हो । आलामको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको थियो ।

मुद्दाको पेसी पहिलो नम्बरमै भएपनि आज उनको मुद्दाको सुनुवाई हेर्न नमिल्नेमा परेको हो । उनीमाथि ०६४ चैत २७ राति रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटको घटनापछि मानिसहरुलाई इटा भट्टामा जिउँदै जलाएर नरसंहार गरेको अभियोग छ ।

मृतकका परिवारको जोहरीपछि उनीविरुद्धको मुद्दा अघि बढेको थियो । साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

उनी जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा गएका हुन् ।