मुकेश अम्बानीलाई पछि पार्दै चीनका सनसान बने एसियाकै धनी व्यक्ति

मुकेश अम्बानीलाई पछि पार्दै चीनका सनसान बने एसियाकै धनी व्यक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतका मुकेश अम्बानीलाई पाछि पार्दै चीनका जोङ सनसाङ एसियाकै धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग निलिनियर्स इंडेक्सले जारी गरेको २०२० को धनाढ्यको सूचीमा चीनका सनसाङ पहिलो नम्बरमा परेका हुन् ।

इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ । योसँगै जोङले भारतका धनाड्य अम्बानीका साथै आफ्नै देशका ज्याक मालाई समेत पछि पारेका छन् ।

‘लोन उल्फ’को नामबाट समेत परिचित जोङको कूल सम्पत्ति ७७.८ अर्ब डलर रहेको छ । भ्याक्सिन तथा बोतलको पानी उत्पादन गर्ने कम्पनीका कारण जोङले यो उपलब्धि हाँसिल गरेको बीबीसीले जनाएको छ ।

जोङले यसै वर्ष आफ्नो भ्याक्सिन निर्माण कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल कम्पनीलाई चीनको सेयर बजारमा सूचीकृत गराएका थिए । त्यस्तै यसअघिका धनाढ्य भारतका अम्बानी दोस्रो नम्बरमा झरेका छन् । उनको सम्पत्ति ७६.९ अर्ब डलर रहेको छ ।