काठमाण्डु – परराष्ट्रमन्त्री नारायण खड्काले झुटो बोलेको भन्दै द्वन्द्वपीडितहरुले संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र पठाएका छन् ।
परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको द्वन्द्वकालीन मुद्दा समाधान उन्मुख रहेको बताएपछि द्वन्द्वपीडितहरुले ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघको कार्यालयमार्फत महासचिवलाई पत्र पठाएका हुन् ।
द्वन्द्वपीडित सुमन अधिकारीले आफूहरुले आफ्ना माग र चासोबारे राष्ट्रसंघका महासचिवलाई जानकारी गराउँदै ध्यानाकर्षण पत्र पठाएको बताए ।




प्रतिक्रिया