आगामी वर्षदेखि पूर्व-पश्चिम रेलमार्गको काम सुरु हुन्छ : राष्ट्रपति भण्डारी

आगामी वर्षदेखि पूर्व-पश्चिम रेलमार्गको काम सुरु हुन्छ : राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि सरकारले पूर्वपश्चिम रेलमार्गको काम सुरु गर्ने बताएकी छिन्। शुक्रबार संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन।

आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारी पूर्व पश्चिम रेलमार्गको डीपीआर तयार भइसकेकाले आगामी वर्षभित्र उक्त आयोजना निर्माण सुरु हुने बताएकी हुन्। राष्ट्रपति भण्डारीले कोशी र गण्डकीसम्म जलमार्ग निर्माण गरी पानी जहाज चलाउन प्राविधिक अध्ययन सम्पन्न भएको जानकारी दिइन्।