नेपाली सेनाद्वारा अर्घाखाँचीमा दुईवटा सकेट बम डिस्पोज


अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका –३ गहेलीमा द्वन्द्वकालमा राखिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको छ । ओडारमा शंकास्पत वस्तु रहेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी गर्दा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उक्त सकेट बम द्वन्द्वकालमा छाडिएको र खिया लागेको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिए । जिल्लाभर कुनै पनि स्थानमा पनि शंकास्पद वस्तु खिया लागेको अवस्थामा देखिए नेपाल प्रहरीलाई खबर गर्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement