प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत अधिकारीहरूको उमेर हदबारे अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।

उपप्रधान एवम् गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवम् कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेको सात सदस्यीय समिति गठन भएको छ ।

समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य देशका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।