माओवादी नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट उत्प्रेषण जारी

माओवादी नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट उत्प्रेषण जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण जारी गरेको छ ।

सर्वाेच्च अदालतको संवैधानिक इजलाशले बुधबार फैसला सुनाउँदै पूर्णिमाया लामा पक्ष रहेको मुद्दामा उत्प्रेषण जारी गरेको हो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा दायर गरिएको थियो । मृतक अर्जुनकी पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

यसैगरी अदालतको अवहेलना मुद्दा र अर्काे उत्प्रेषण मुद्दामा भने मागदाबी नपुग्ने र रिट खारेजको फैसला भएको छ ।