काठमाण्डु – वरिष्ठ अधिवक्ता अग्नि खरेलले संवैधानिक इजलासमा एउटा न्यायाधीशले अर्को न्यायाधीशमाथि प्रश्न उठाउनु कति उचित ? भन्दै प्रश्न गरेका छन् । आइतबार पुनर्गठित इजलासमा बहस गर्दै अधिवक्ता खरेलले मैले हेर्न मिल्छ, अरुले हेर्न मिल्दैन भन्नु कत्तिको उपयुक्त हो भन्ने प्रश्न गरेका हुन् ।
’एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई प्रश्न उठाउन पाइन्छ ? मैले हेर्न मिल्छ, अरुले हेर्न मिल्दैन वा तैंले नहेर भनेर आदेश गर्न मिल्छ?,’ खरेलले भने, ’अमुक अमुक न्यायाधीशको इजलास गठन भए मिल्ने अरुको नमिल्ने हो ?प्रधानन्यायाधीशलाई यसमा कहाँनेर समस्या भयो ?’
उनले न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले यो संरचना रही रहेसम्म हामी इजलासमा बस्दैनौँ भनेकोमा आपत्ति जनाए । ’यस्तो भन्न हुन्थ्यो र ? प्रश्न नउठेका श्रीमान् आफैँ अगाडि सरेर यसो भन्न हुन्थ्यो र ?, खरेलले भने ।




प्रतिक्रिया