नेपालले चाँडो निर्णय नगरे ‘अग्निपथ भर्ती’ अरूलाई जान सक्छ : भारतीय सेनाध्यक्ष पाण्डे

नेपालले चाँडो निर्णय नगरे ‘अग्निपथ भर्ती’ अरूलाई जान सक्छ : भारतीय सेनाध्यक्ष पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले तत्कालै अग्निपथ योजना अनुसार गोर्खा भर्ती सम्बन्धमा निर्णय नलिएमा नेपाली युवाका लागि छुट्याइएको कोटा अरूलाई जान सक्ने बताएका छन्।

बुधबार अग्निपथ योजना र नेपाली युवाको भर्तीबारे युनाइटेड सर्भिस इन्स्टिच्युड अफ इन्डियामा भएको कार्यक्रममा गोर्खा भर्ती सम्बन्धमा निर्णय नलिएमा नेपाली युवाका लागि छुट्याइएको कोटा अरूलाई जान सक्ने बताएका हुन्।

भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय नेपाल सरकारले आगामी निर्वाचनसम्म नगर्ने भएको छ । अग्निपथ कार्यक्रमअन्तर्गत नेपाली युवाको सैनिक भर्तीमा सहयोग गर्न भारतले आग्रह गरे पनि यहाँको चुनावी सरकारले त्यस विषयलाई थाती राख्ने भएको हो ।

नेपाल सरकारले सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ ।

हालै नेपालको औपचारिक भ्रमण गरेर फर्किएका भारतीय सेनाका प्रमुख पाण्डेले भने नेपालले यो विषयमा चाँडो निर्णय नगरेमा हालको भर्ती प्रक्रियामा गोर्खा सैनिकका लागि छुट्याइएको कोटा अरू समूहलाई दिन सकिने बताएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती सुरु भएको हो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिब ३० हजार नेपाली छन् ।