सभामुखलाई सांसदको सुझावः तपाईको कुर्सीमा कांग्रेसको आँखा लाग्यो, कालो टिका लगाउनूस् !

सभामुखलाई सांसदको सुझावः तपाईको कुर्सीमा कांग्रेसको आँखा लाग्यो, कालो टिका लगाउनूस् !


काठमाडौं – सभामुखको कुर्सीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन सत्ताश्रढ दलका सांसद विरोध खतिवडाले सुझाव दिएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तारुढ नेकपाकै सांसद खतिवडाले सभामुख सापकोटालाई बैठकको अध्यक्षता गरिरहेको कुर्सीमा कालो टीका लगाउन सुझाव दिएका हुन् ।

‘सभामुखज्यू तपाईंको कुर्सीमा आँखा पर्यो । शिवले माया गरेर तुम्बा समातेर कैलाशमा बसे जस्तै तपाईंले पनि कुर्सीको जतन गर्नुपर्यो’, उनले भने, ‘बच्चाहरुलाई पनि आमाले अरुको आँखा पर्न नदिन कालो निधार या अन्त कालो टीको लाइदिने गर्छन् । तपाईंले पनि त्यो कुर्सीमा अरुको आँखा लाग्न नदिन कुर्सीको खुट्टा या ढाडमा कालो लाउने हो कि !’

सभामुख सापकोटाले सन्तुलित ढंगले संसद चलाउँछु भन्दा पनि सुरुमै अवरुद्ध भएको खतिवडाले बताए । ‘तपाईंले सन्तुलितरुपमा सदन चलाउँछु भन्दा भन्दै सुरुमै प्रतिपक्षीले अवरुद्ध ग¥यो’, उनले भने, ‘सुरुमा जे भए पनि अब सदनलाई सन्तुलित ढंगले चलाउनु होला ।’