विवादास्पद छवि भएका ल्याहरक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्दिन: अग्नि सापकोटा

विवादास्पद छवि भएका ल्याहरक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्दिन: अग्नि सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले विवादास्पद छवि भएका ल्याहरक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्तिबारे टिप्पणी नगर्ने बताएका छन् ।

प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक गरेको पत्रकार सम्मेलनमा सापकोटाले लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाईएकोबारे आफूले कुनै टिप्पणी नगर्ने बताएका हुन् ।

‘नियुक्तिका विषयमा धेरै कुरा बाहिर आइसकेको छ । यसबारेमा म टिप्पणी गर्दिन।’, उनले भने । त्यस्तै सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताए ।

‘महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ’, उनले भने ।