‘अन्तिम मौका’ भन्दै माओवादी भोलिदेखि जनताको घरदैलोमा जाने

‘अन्तिम मौका’ भन्दै माओवादी भोलिदेखि जनताको घरदैलोमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले भोलि शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्दैछ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारासहित सञ्चालन हुने अभियानका क्रममा २५ लाख मतदातासँग अन्तर्क्रिया गरिने जानकारी दिए ।

अभियानमा माओवादी अध्यक्षदेखि साधारण सदस्यसम्म परिचालन हुनेछन् । विगतमा माओवादीलाई भोट दिएका मतदातालाई लक्षित गरेर अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताए ।

माओवादीले जितेका स्थानीय तहमा कम्तीमा १/१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिने छन् । अभियानमा बैठक, भेला, प्रशिक्षण, तालिम तथा जनप्रदर्शन र जनसंघर्षका कार्यक्रमहरू हुने जनाइएको छ ।

माओवादी केन्द्रको गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले मंसिर १६ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘जनताले दिएको सुझावअनुसार नै हामीले मंसिरमा हुने विधान सम्मेलनमार्फत् पार्टीको आगामी कार्ययोजना तयार पार्नेछौं,’ प्रवक्ता सापकोटाले भने, ‘यो हाम्रा लागि अन्तिम मौका पनि हो ।’

जनताका सुझावका आधारमा पार्टी रूपान्तरण भएर अगाडि बढ्ने प्रवक्ता सापकोटाले बताए ।