सम्झौता त पाइला पाइलामा हुन्छ, सम्झौतावादी हुनुहुँदैनः सभामुख सापकोटा

सम्झौता त पाइला पाइलामा हुन्छ, सम्झौतावादी हुनुहुँदैनः सभामुख सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताएका छन् ।

बिहीवार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताएका हुन् ।

सभामुख सापकोटाले भने, ‘यसलाई कसरी जीवन्त बनाउने जीवन्त छलफल भयो भने छलफलको राम्रो वातावरण बनाउन सकियो भने यसले सबैलाई राम्रो गर्छ । यसले सांसदहरुको योज्ञता, क्षमतामा पनि अभिवृद्धि गर्छ त्यहाँ स्तरीय छलफल भयो भने स्तरीय रिपोर्टीङ गर्नुप‍र्यो त्यसका लागि अलि मेहनत गर्नुप‍र्यो यसले पत्रकारहरुको पनि स्तर माथि उठाउँछ ।’

त्यस्तै सभामुख सापकोटाले आफु डबल स्ट्याण्ड नहुने र पत्रकारहरुसँग सहयात्रा गर्न तयार रहेको बताए ।

सभामुख सापकोटाले भने, ‘मलाई कुनै कुरा मन नपर्ने के छ भनेर तपाईहरुले सोध्नुभयो भने म सेकेन्ड पनि ढिलो नगरी के भन्छु भने मलाई मन नपर्ने कुरा डबल स्ट्याण्ड हो ।’

उनले आफुले सम्झौता गरे पनि सम्झौतावादी नहुने प्रस्टसमेत पारे ।

उनले भने, ‘सम्झौता त हुन्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन मलाई त्यो लाग्छ । मेरो कुरा के छ भने सम्झौता त पाइला पाइलामा हुन्छ । क्षण क्षणमा हुन्छ तपाईहरुले पनि गर्नुपर्छ मैले नि गर्नुपर्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन ।’