सभामुख सापकोटा र कतारका राजदूतबीच भेटवार्ता

सभामुख सापकोटा र कतारका राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्नि सापकोटा र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा २ देशबीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको थियो ।

राजदूत युसुफले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सक्दो सहयोग गर्ने बताए । सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फूटबल प्रतियोगिताका लागि रंगशाला निर्माणमा नेपालका कामदारले गरेको योगदानको उनले खुलेर प्रशंसा गरेका थिए ।

भेटमा सभामुख सापकोटाले २ देशबीचको सम्बन्ध विस्तारका साथै कतारमा रहेका नेपाली कामदारको बारेमा चासो राखेको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।