संविधान संशोधन गरेर लिम्पियाधुरालाई नेपालको नक्सामा समेटौंः अग्नि सापकोटा

संविधान संशोधन गरेर लिम्पियाधुरालाई नेपालको नक्सामा समेटौंः अग्नि सापकोटा

‘भारतले अतिक्रमण गरेको सीमाबारे गोकुल बाँस्कोटाले हल्का टिप्पणी गरे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्निप्रसाद सापकोटाले संविधान संशोधन गरेर भारतले अतिक्रमण गरेको लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्नुपर्ने बताएका छन् ।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकका बोल्दै सांसद सापकोटाले भारतले मिचेको भनिएको भूमिबारेको विवाद सामान्य नभएको उल्लेख गरे ।

‘संविधान संशोधन गरेर हाम्रो भूमिसहितको नक्सा बनाउनुपर्छ’, उनले भने, ‘भारतसँग हाम्रो सीमा विवाद होइन । यो त भारतबाट भएको सार्वभौम सत्ताको थिचोमिचो हो ।’

सांसद सापकोटाले सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस विषयमा सामान्य हिसावले हल्का टिप्पणी गरेको पनि बताए । ‘सरकारका प्रवक्ता(गोकुल बाँस्कोटा)बाट सामान्य हिसावले कुरा आएको छ’, उनले भने,‘हाम्रा रणनीतिक महत्वका भूगोलमा भएको थिचोमिचो सहन सक्ने विषय होइनन् ।’

सांसद सापकोटाले कालापानी रणनीतिक हिसाबले महत्वपूर्ण रहेको उल्लेख गरे । ‘भारतले कालापानी नछोड्नकै लागि त्यहाँ सैनिक संरचना बनाएको छ’, उनले भने, ‘यो असमान्य र असधारण विषय हो । संविधान संशोधन गरेर नक्सा सही राख्नु पर्छ । यसलाई सबैभन्दा बढी प्राथमिकता राख्नु पर्छ ।’

सांसद सापकोटाले आफ्नो भूमि भारतले कब्जा गर्दा नेपाल नै चुकिरहेको जिकिर गरे । ‘सन् २०१४ को संयुक्त आयोगको बैठकले सीमा विवाद परराष्ट्र सचिव तहबाट समाधान गर्ने भन्यो’, उनले भने, ‘कालापानी, लिम्पियाधारा विवादित भूमि होइनन् । भारतले हाम्रो भूमि कब्जा गरेको हो तर हामीले विवादित भनेर चुक्यौँ ।’