सभामुखले प्रधानमन्त्रीलाई समन्वय अभाव भएकाले बैठकमा नआउने जानकारी गराइसक्नुभएको छः सचिवालय

सभामुखले प्रधानमन्त्रीलाई समन्वय अभाव भएकाले बैठकमा नआउने जानकारी गराइसक्नुभएको छः सचिवालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएको विषयमा उनको सचिवालयले पूर्वनिर्धारित कार्यक्रमअनुसार उपस्थित हुन नसकेको बताएको छ ।मंसिर २८ र ३० गतेको बैठकमा उपस्थित हुन नसकेको विषयमा सचिवालयले स्पष्ट पारेको हो ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ः ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गरेकाले उपस्थित हुन नसकेको जानकारी गराइसकिएको बताएका छन् ।

त्यस्तै उनले आजको बैठकमा सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको बताएका छन् ।

‘राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ’, उनले भनेका छन्, ‘नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ ।’

सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आएको उनले स्पष्ट पारेका छन् ।

‘जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ’, उनले भनेका छन्, ‘उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ ।’