काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सभामुख अग्नी प्रसाद सापकोटा आन्तरिक छलफलमा जुटेका छन् ।
सभामुख सापकोटाले कानून व्यवसायीहरु र विज्ञसँग संसद विघटन भएपछिको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमा जुटेका हुन् ।
उनले विशेषाधिकार प्रयोग गर्दै संसद चलाउने भन्ने विषयमा कानूनी परामर्शमा जुटेको स्रोतले जानकारी दियो । संविधानको धारा १०३ अनुसार सभामुख सापकोटाले विशेषाधिकार प्रयोग गरेर अगाडि बढ्ने तयारी गरेका हुन् ।
‘यस संविधानको अधीनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’, संविधानको धारा १०३ मा उल्लेख छ ।




प्रतिक्रिया