काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटालाई विपक्षी बनाएर दायर भएको रिटमा लिखित जवाफ तयार भएको छ । संसद विघटनविरुद्धको मुद्दामा आफू विपक्षी बनाइएको थियो । आज संसद सचिवालयले सभामुख सापकोटाको तर्फबाट लिखित जवाफ पेश गर्दैछ ।
संवैधानिक इजलासमा सुनुवाइका क्रममा रहेको सो मुद्दामा विपक्षीलाई पुस १९ भित्रमा लिखित जवाफ पेश गर्न आदेश दिइएको थियो ।
सभामुखले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको व्यहोराको लिखित जवाफ पेश गर्न लागेको सचिवालय स्रोतले जनाएको छ । जवाफमा सभामुख सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको अडान लिएका छन् ।




प्रतिक्रिया