कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ ।

भोली बोलाइएको प्रतिनिधिसभा बैठकका विषयमा छलफल गर्न कार्यव्यवस्थाको बैठक बोलाइएको हो ।

२६ जना सांसद कोरोना भाइरसबाट संक्रमित भएकाले उनीहरुलाई कसरी प्रतिनिधिसभामा सहभागी गराउने भन्ने विषयमासमेत छलफल हुने बताइएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।