सभामुख सापकोटाले कोनोना विरुद्धको दोस्रो डोज खोप लगाए

सभामुख सापकोटाले कोनोना विरुद्धको दोस्रो डोज खोप लगाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोनोना विरुद्धको दास्रो डोज खोप लगाएका छन् ।संघीय संसद भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले कोभिसिल्ड खोपको दास्रो डोज लगाएका हुन् ।

संघीय संसद सचिवालयले सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेका राष्ट्रिय सभाका अध्यक्ष संसदीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने जनाएको थियो ।

आजदेखि जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुने बताइएको छ ।

खोप लगाउन जाँदा कोभिसिल्ड खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा साथमा लैजान सचिवालयले आग्रह गरेको छ ।