काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकाटाले बोलाएको बैठकमा तीन जना मात्रै पूर्वसभामुखहरु उपस्थित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा छलफल गर्न बोलाइएको बैठकमा तीन जना मात्रै पूर्वसभामुखहरु उपस्थित भएका हुन् । बैठक अहिले सिंहदरबारमा जारी छ ।
उपस्थित हुनेहरुमा रामचन्द्र पौडेल, कृष्णबहादुर महरा र ओनसरी घर्ती रहेका छन् । उनले सुवास नेम्वाङ, दमननाथ ढुंगाना र तारानाथ रानाभाटलाई बोलाएका थिए ।




प्रतिक्रिया