एमालेलाई सत्ता गठबन्धनले भन्योः सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति नदिनू

एमालेलाई सत्ता गठबन्धनले भन्योः सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति नदिनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले सभामुख अग्नि प्रसाद सापकोटामाथि धम्कीपूर्ण अभिव्यक्ति प्रयोग गरेको बताएको छ ।

सोमबार गठबन्धनका पाँच जना नेताहरुले एक विज्ञप्ति जारी गर्दै एमालेका सांसदहरुले सभामुखको कार्यकक्षमा पुगेर र अध्यक्ष ओलीले सार्वजनिक रुपमा सापकोटामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

साथै उनीहरुले नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाकाे प्रमुख भएको भन्दै सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु संवैधानिक व्यवस्था प्रणाली विरुद्ध भएको उल्लेख गरेका छन् ।

‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाका्े प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि हो । सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन् । संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो । अतः सभामुखज्यूविरुद्ध दिइएका धम्कीपूर्ण अधिव्यक्ति प्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह गर्दर्छौं’, विज्ञप्तिमा भनिएको छ ।

केही दिन अगाडि एमाले सांसदहरुले माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न आलटाल गरेको भन्दै सभामुखमाथि असन्तुष्टी जनाएका थिए । साथै कारबाहीको विषयलाई लिएर उनीहरुबीच चर्काचर्कीसमेत भएको थियो । अध्यक्ष ओलीले पनि सांसदलाई कारबाही नगरेको भन्दै संसद चलाउन मन छ कि छैन् ? भन्दै सभामुखलाई प्रश्न गरेका थिए ।