काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज विहान वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर सभामुख सापकोटाको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको सचिवालयले जनाएको छ ।
डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेका हुन् । सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो ।
सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेका छन् ।




प्रतिक्रिया