अर्जुन लामा हत्या प्रकरण : सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्नेमा

अर्जुन लामा हत्या प्रकरण : सभामुख सापकोटाविरुद्धको मुद्धा हेर्न नमिल्नेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धामा आज पनि सुनुवाई हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा हालसम्म २० पटक पेसीमा तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।

तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै अर्जुनकी श्रीमती पुर्णिमाया लामाले २०६८ जेठ १३ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको बेन्चमा सापकोटाविरुद्धको मुद्दा पहिलो नम्बरमा थियो । तर, आज पनि हेर्न नभ्याएपछि सुनुवाई सरेको हो ।