सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमालेले गर्‍यो बहिस्कार

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमालेले गर्‍यो बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

माधव नेपालसहित १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको र पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध बनाउँदै आएको छ ।

सोही विषयमा छलफल गर्न सभामुखले सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन्।