प्रतिनिधिसभाको बैठक बस्दै, सत्ता गठबन्धनको सुझाव सभामुखले गरे अस्वीकार

प्रतिनिधिसभाको बैठक बस्दै, सत्ता गठबन्धनको सुझाव सभामुखले गरे अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका छन् ।

सत्तारुढ दलले दिएको सुझाव बिपरित प्रतिपक्षी एमालेसँग सम्वाद र छलफल नै अघि नबढाई आज ११ बजे प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरिएको संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए ।

‘सत्तारुढ दलको सर्वदलीय बैठकमा प्रतिपक्षलाई पनि विश्वासमा लिएर संसद चलाउनु भन्ने सुझाव दिएको सुनेको थिएँ तर त्यसपछि उहाँले छलफल नै गर्नु भएको छैन्,’ नेम्वाङले भने, ‘हिजो अस्ति १ बजे बोलाउने बैठक उहाँले आज त कुनै परामर्श नगरी ११ बजे नै बोलाउनुभयो ।’

उनकाअनुसार सभामुख सापकोटा एकलौटी रुपमा अघि बढेकाले प्रतिनिधिसभाभित्र असहज अवस्था सृजना भइरहेको छ । पार्टीका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पार्टीले गरेको कारबाहीको सुचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति एमाले आक्रोशित हँदै आएको छ ।

सभामुख सापकोटाले माधव नेपाललगायत १४ सांसदको पदमुक्तको सुचना टाँस गर्नुपर्ने, नभएमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त राख्दै संसद अवरोध गरिरहेको छ ।

सभामुख र प्रतिपक्षबीचमा टसल चलिरहेको बेलामा विनियोजन विधेयकलाई नारावाजीको बीचमा नै अघि बढाइएको थियो । जसको सशक्त विरोध आज पनि जारी रहने नेम्वाङले जानकारी दिए ।