सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक, एमसीसी मुख्य एजेण्डा

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक, एमसीसी मुख्य एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले दाबी गरेको छ ।