युवा संघ र अनेरास्ववियुले सभामुखलाई देखायो कालो झण्डा

युवा संघ र अनेरास्ववियुले सभामुखलाई देखायो कालो झण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेप्लाञ्चोक- नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । एक कार्यक्रमका लागि धुलिखेल जाँदै गरेका सभामुख सापकोटालार्ई काभ्रेमा कालो झण्डा देखाइएको हो ।

प्रदर्शनकारीहरुले सभामुख सापकोटाको गाडी समेत रोकेका थिए । सो क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको छ । पदीय मर्यादा कायम गर्न नसक्ने र व्यक्ति हत्याको अभियुक्तलाई सभामुख पदबाट हटाउन भन्दै उनीहरूले नाराबाजी गरेका छन्।