काठमाण्डु – सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाई ‘हेर्न नमिल्ने’मा परेको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’मा राखेको हो ।
यसअघि पनि सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइए पनि पटक पटक सुनुवाई स्थगित हुँदै आएको छ । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।
२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो भने साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।
पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उनले सर्वोच्चमा उजुरी दिएकी थिइन् । यो मुदा हालसम्म पनि सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।




प्रतिक्रिया