काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । मंगलबार संघीय संसद भवन नयाँबानेश्वरमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।
भेटमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटवार्तामा अर्थमन्त्री जनार्दन शर्मा, माअोवादी केन्द्रका सचेतक देव गुरुङलगायतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया