‘मे दिवस’मा पार्टी एकता हुने अग्नि सापकोटाको दाबी

‘मे दिवस’मा पार्टी एकता हुने अग्नि सापकोटाको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता बैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही बैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने दाबी गरे । उनले भने,‘केही गृहकार्य गर्न बांकी रहेकोले यो बैशाख ९ गते गर्ने भनिएको एकता टरेको छ, तर यो धेरै विलम्ब हुंदैन्, हामी चांडै नै एकता घोषणा गर्छौं।’

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सापकोटाले पार्टी एकता घोषणा हुनेमा कुनै द्धिविधा नरहेको जिकिर गरे । उनले भने,‘जनताको जनादेश भनेको नै दुई पार्टीबीच एकता होस् भन्ने नै हो, त्यसैले विकास र समृद्धि हाँसिल गर्नुपर्छ, जनताले यी दुई सशक्त कम्युनिष्ट पार्टीबाट ठूलो आशा र भरोसा गरेका छन्, हामी सोही अनुरुप नै अघि बढेका छौं।’

देश भ्रष्टाचारले आक्रान्त बनेको उल्लेख गर्दै नेता सापकोटाले देश र जनतालाई विकास र समृद्धि दिलाउनको लागि पनि दुईपार्टीबीचको एकता अनिवार्य भएको सुनाए ।पार्टी एकता भनेको दुवै पार्टीका सकारात्मक कुराहरुलई संश्लेषण मात्रै नभएर रासयनिक प्रतिक्रिया अनुसार विचार, सिद्धान्त र संगठन नयां सुरुवात गर्नु भएको सापकोटाको भनाई थियो ।