शान्तिपुर्ण प्रर्दशनमाथी धरपक्कड गरेको भन्दै अग्नि सापकोटा उत्रिए सरकारको विरोधमा 

शान्तिपुर्ण प्रर्दशनमाथी धरपक्कड गरेको भन्दै अग्नि सापकोटा उत्रिए सरकारको विरोधमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–गुठी विधेयकको विरोधमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा सत्तारुढ दलकै नेताले आपत्ति जनाएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नीप्रसाद सापकोटाले शान्तिपुर्ण प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीहरुमाथी प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका हुन्।

पुर्वमन्त्री समेत रहेका नेता सापकोटाले राजनीतिक सहमति जुटाएर मात्रै विधेयक अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । 

त्यस्तै समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन् । उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको दावी गरे ।