काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्। नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसदमा नाराबाजी गरिरहेका बेला सभामुख सापकोटाले आफू सचेत रहेको बताएका हुन्।
एमाले सांसदहरुले आफ्ना माग पुरा नभइसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् । एमाले माधवकुमार नेपालसहित १४ जना सांसदको कारवाही अघि नबढाउने भए सभामुखले राजीनामा दिनुपर्ने माग गरेको छ ।
सोमबार सिंहदरवारमा आयोजना गरिएको एक कार्यक्रममा सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत गरेका छन् । ‘हामीले जुन प्रण गरेका छौं। संघीय संसदलाई जीवन्त र जनमुखि बनाउने । त्यो सुत्र बाक्यलाई मैले त सधैँभरि दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसदको कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं । ’ उनले भने।




प्रतिक्रिया