थर्मल गन कालोबजारी गर्ने अग्रवालविरुद्ध चारवटा मुद्दा चलाउने प्रहरीको तयारी

थर्मल गन कालोबजारी गर्ने अग्रवालविरुद्ध चारवटा मुद्दा चलाउने प्रहरीको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवालमाथिको अनुसन्धान सकेर उनीमाथि लगाइने मुद्दाको विषयमा सरकारी वकिलको कार्यालयलाई प्रतिवदेन बुझाउने तयारी गरेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

परिसर काठमाडौंले अग्रवालमाथि कालोबजारी, नाफाखोरी, अवैध भण्डारण तथा कृत्रिम अभावको कसुरमा मुद्दा चलाउने गरी सरकारी वकिल कार्यालयलाई सिफारिस गर्ने तयारी गरेको छ। उनीमाथि तीनदेखि चार वर्ष कैदको माग दाबीसहित मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ।

परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले अग्रवालमाथिको अनुसन्धान सकिएको र सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए। ‘अनुसन्धान सकियो, प्रतिवेदन तयार हुँदै छ । सरकारी वकिल कार्यालयमा केही दिनमा नै बुझाउँछौं,’ परिसर काठमाडौंका प्रवक्ता बोगटीले भने।

नेपालका लागि किर्गिस्तानका अवैतनिक राजदूतसमेत रहेकाले उनीविरुद्ध सार्वजनिक पद दुरुपयोगको कसुरसमेत आकर्षित हुने प्रहरीले जनाएको छ। मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनीउपर कारबाही हुन सक्छ। प्रहरीले उनको साथबाट २०९ एचसीसी १ नम्बरको कूटनीतिक नियोगको गाडीसमेत नियन्त्रणमा लिएको थियो । सोही गाडीमा थर्मल गन बोकेर हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए।