एडीबी र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण सम्बन्धी सम्झौता

एडीबी र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण सम्बन्धी सम्झौता


काठमाण्डु – एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ । एसियाली विकास बैंकले १५ करोड ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने सम्झौता भएको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले विद्युत ग्रीड आधुनिकिकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १९ करोड ५० लाख अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताए ।

यो आयोजनाले विद्युत वितरण सम्बन्धी तीन वटा मुख्य कृयाकलापलाई जोड दिएको छ । विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने छ ।

५ वर्षमा सम्पन्न हुने आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ ।