नेकपामा खुट्टा तान्ने प्रवृतिले ऐतिहासिक अवसर पनि गुम्दैछः मन्त्री भुसाल

नेकपामा खुट्टा तान्ने प्रवृतिले ऐतिहासिक अवसर पनि गुम्दैछः मन्त्री भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले नेकपाभित्र पार्टीको भविष्यमा भन्दा आफ्नै साथीहरुको खुट्टा तान्ने प्रवृत्तिको विकास हुँदै गएको बताएका छन् ।

शनिबार बिहान भरतपुरमा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मन्त्री भुसालले पार्टीमा दलाल पुँजीपति हावी हुँदै जाँदा गुटबन्दी बढेको बताएका हुन् । उनले बैठकको मितिको विषयमा लडेरै पार्टी सकिने हो कि भन्ने चिन्ता बढेको भन्दै पार्टीले पाएको ऐतिहासिक अवसर गुम्ने खतरा रहेको बताए ।

नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले दुई पार्टी एकीकरण भएर देशकै ठूलो पार्टी बन्दा पनि जनअपेक्षा अनुसारको काम हुन नसकेको बताए ।

‘हामीले आज प्राप्त गरेको हैसियत सधैं पाइँदैन, पाएको ऐतिहासिक अवसर पनि गुम्दैछ । हिजोका सरकारको तुलनामा धेरै काम भए पनि हुनुपर्ने जति काम भएन’ उनले भने ।