कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गरेका छन् ।

माअाेवादी केन्द्रका नेता समेत रहेका मन्त्री यादवले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भेटमा नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको भारतका वाणिज्य मन्त्री प्रभुले बताए। भेटमा दुवै मन्त्रीले आगामी महिना काठमाडौँमा आयोजना हुने वाणिज्य सचिवहरुको बैठकलाई सफल तुल्याउने सम्बन्धमा पनि छलफल गरेका थिए ।