काठमाण्डु – राजनेताहरूको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडालाई काठमाण्डु जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
१४ मा मण्डिखाटारबाट पक्राउ परेका खतिवडाले सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए ।
विद्युतीय अपराध सम्बन्धी कसुरमा मुद्दा चलाइएका खतिवडा १६ दिनमा अदालतको आदेश अनुसार २५ हजार धरौटी बुझाएर रिहा भएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।
खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ अदालतमा बयान दिएका थिए ।




प्रतिक्रिया