काठमाण्डु – आहा ! रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने भएको छ।
आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने आयोजक सहारा क्लव पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो मिति उपलब्ध गराएको पत्रकार सम्मेलनमा आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए।
२५ औं संस्करणलाई रजत वर्षको रूपमा मनाउने र यसलाई विशेष प्रतियोगिता बनाउने आयोजक सहारा क्लबको योजना छ।
प्रतियोगितामा यस वर्ष पनि १२ टिमले सहभागिता जनाउने भएका छन्। जसमा तीन विदेशी क्लब, ए डिभिजन क्लबहरू र आयोजक सहारा क्लब सहभागी हुने अध्यक्ष थापाले बताए। आयोजक सहाराले पोखरासँग भगिनी सम्बन्ध बनाएका सहरबाट टिम ल्याउने जनाएको छ। जसका लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्ने थापाले उल्लेख गरे।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नै निरन्तरता दिने जनाइएको छ। हिमश्री फुड्सले १० वर्षका लागि पहिले नै सम्झौता गरिसकेको छ।




प्रतिक्रिया