जनकपुरधाम – मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध काठमाण्डु जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ ।
उनीमाथि घरमा एक्लै भएको समयमा बोलाएर नाम गोप्य राखिएकी युवतीलाई पटक–पटक जबरजस्ती बलात्कार गरेको आरोप छ ।
अहिराजविरुद्ध गत माघ ३ गते प्रहरी परिसर काठमाण्डुमा जाहेरी दर्ता भएको थियो । पूर्वप्रमुख झा साउन ४ गते पक्राउ परेका थिए ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसूर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ । साथै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ ।




प्रतिक्रिया