सशस्त्रमा एआईजी बढुवाको विरुद्ध इन्सपेक्टर नै पुगे अदालतमा


काठमाडौं– सशस्त्र प्रहरीमा बहालवाला अधिकृत नै एआईजी बढुवाको विरुद्धमा उत्रिएका छन् । सुर्खेतस्थित बाहिनीमा कार्यरत सशस्त्रका इन्सपेक्टर मेख बहादुर ओलीले बढुवा रद्द गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

सरकारले सशस्त्रमा एआईजी बढुवा गरेर संगठनलाई कमजोर बनाउन खोजेको भन्दै उनि सर्वोच्चको ढोकामा पुगेका हुन् ।

गत साता मात्र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले डिआईजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआइजीमा बढुवा गरेको थियो ।

उनिहरुलाई देउवा सरकारले नै प्रदेशमा खटाउने तयारी गरिरहेको भन्दै सशस्त्रमा आलोचना भइरहेको बेला सशस्त्रमा बहालवाला अधिकृत नै अदालत पुगेका हुन ।

रिटमा ओलीले काम चलाउन सरकारले संगठनमा अनाबश्यक रुपमा एआईजी दरबन्दी थपेको भन्दै निर्णय खारेज गर्न माग गरिएको छ । बहालवाला अधिकृत नै उच्च अधिकारीको विरुद्धमा अदालत पुगेको सशस्त्रमा यो अनौठो घटना हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement