सशस्त्रमा एआईजीको बढुवा प्रक्रिया सुरु, दाहाल ढुक्कै

सशस्त्रमा एआईजीको बढुवा प्रक्रिया सुरु, दाहाल ढुक्कै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –सशस्त्र प्रहरी बलमा एआईजीको बढुवा प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शनिबार बढुवाको सूचना प्रकाशित गरेका छन् ।

गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले शनिवार सचिवालयमा बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु सात दिनभित्र पेश गर्न भनेको छ ।

सशस्त्रमा केही दिन अघि मात्र एआईजीको दरबन्दी थप गरिएको थियो । सरकारले बजेटमै सुरक्षा निकायमा दरबन्दी नथप्ने बुदा उल्लेख गरेपनि पछिल्लो समय मनपरी दरबन्दी थप्ने काम गरिरहेको छ ।

बढुवाको लागि डिआईजीहरु वंशिधर दाहाल र किशोर प्रधानबीच प्रतिस्पर्धा छ । दाहाल हालका आईजीपी अर्यालका ब्याची हुन् भने प्रधान इन्जिनियरिङ पृष्ठभुमिका हुन् । गृहमन्त्रालय स्रोतकाअनुसार दाहाललाई नै एआईजी बनाउन दरबन्दी थप गरिएकाले उनकै सम्भावना बढी छ ।

दाहालको दरबन्दी थप्न बालुवाटार र खुमलटार सकरात्मक भएको र चुनावकै मुखमा दुवै शक्तिकेन्द्र खुसी भएपछि प्रक्रिया अघि बढेको स्रोत बताउंछ । दाहाल एआईजीमा बढुवा भए हालका आईजीपी अर्यालपछि आईजिपीका स्वतः दावेदार हुनेछन् ।